जेन-जी विद्रोहलाई साम्राज्यवादीले दुरुपयोग गरे : प्रकाण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २५ बिहिबार
874
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जेन-जी विद्रोहलाई साम्राज्यवादीले दुरुपयोग गरिरहेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित वैचारिक राजनीति प्रशिक्षण कार्यक्रममा उनले जेन-जी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरूले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाका साथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको बताएका हुन् ।
उनले आन्दोलन जेनजीले गरेकोभएता पनि शासन अमेरिकी साम्राज्यवादका तत्वहरूले गरिरहेको आरोप लगाए ।
उनले भने,‘जेनजी विद्रोहपछि खतरनाक ढंगले साम्राज्यवादीहरूले त्यसलाई दुरुपयोग गर्ने कुचेष्टाकासाथ राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गरिरहेको छन् । र खतरा पनि भइरहेको छ । आन्दोलन जेन-जीले गरे, शासन अमेरिकी साम्राज्यवादका तत्वहरूले गरिरहेको छन् ।’
उनले वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिए । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नुको सट्टा मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको उनको भनाइ छ ।
जेन-जी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त अवस्तामा रहेको बताउँदै उनले यस्तो अवस्थामा झन विदेशीहरूको ठूलो षड्यन्त्र चलिरहेकोमा चिन्ता व्यक्त गरे ।
‘नेपाली जनताको अधिकारका दृष्टिले हेर्ने हो भने अहिले कठपुतली सरकार छ । जनताको अगाडिका समस्याको समाधान गम्भीरताकासाथ सोच्नु छैन् । मालिकको आदेशमा काम गर्ने उदण्ड भइरहेको छ । जेन-जी आन्दोलापछि देश झन संकटग्रस्त र अन्योलग्रस्त छ । यो अवस्थामा विदेशीहरूको ठूलो षड्यन्त्र चलिरहेको छ’, उनले भने ।