arrow

टियागो इभिमा मेडिकल प्रोफेसनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
sipradi-tata-tiago-ev-doctors-scheme-dec-2025.jpg

काठमाडौँ। टाटा मोटर्स नेपालका लागि एक मात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो.इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत टियागो.इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकहरूले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन्।

साथै हरेक टियागो इभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ।

अफरको मुख्य आकर्षणका रूपमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्– जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट।

योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डिसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन्।

साथै, मेडिकल समुदायको परिचयपत्र प्रस्तुत गर्दा थप नगद छुट समेत उपलब्ध हुनेछ।

यी सुविधाहरूले मेडिकल समुदायका ग्राहकलाई अझ सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ