arrow

आवासीय भवनमा आगलागी हुँदा १२ को मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २४ बुधबार
aaglagi-china.jpg

काठमाडौँ। दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको ज्यान गएको छ ।

चिनियाँ सरकारी मिडियाका अनुसार आङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे शुरू भएको आगलागी राति १० बजेपछि नियन्त्रणमा लिइएको थियो ।

यसअघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा एक सय ६० जनाको मृत्यु भएको थियो ।

“आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र व्यवस्थापनको कार्य भइरहेको बताएको छ ।

यसअघि बुधबार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको थियो ।

हाल चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ ।

गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ