arrow

पोर्चुगल पठाइदिने भन्दै ठग्ने महर पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
pakrau9.jpg

काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेका महरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा निजलाई काठमाडौँ महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरिएको हो ।”

निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता आचार्यले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ