arrow

जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा थप एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
rautahat-new-2025-district.jpg
तस्बिर : फाइल

सर्लाही । रौतहटमा जेन-जी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा गरिएको तोडफोड आगजनीमा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको चन्द्रपुर नगरपालिका–४ बस्ने ३० वर्षीय बिकी पाण्डे रहेका छन् । उनलाई गत बिहीबार राति नियन्त्रणमा लिइएको हो । यसअघि गत बुधबार साँझ सोही घटनामा संलग्न चन्द्रपुर–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा–८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भदौ २३ र २४ गते जेन–जी पुस्ताको आन्दोलन उग्र बन्दै गएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ पार्क गरिएका सवारीसाधनहरूमा व्यापक क्षति पुर्याइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ