जनताको आक्रोश थेग्न नसकेपछि काठमाडौँ महानगरले रातारात गर्यो सडक पिच [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
984
Shares
काठमाडौँ । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि रातको समय सडक पिच गर्न सुरु गरिएको छ । हिले वडा नं १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएर निगरानी गरेकी छिन् ।
एक महिनाअघि काठमाडौँ महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए ।
सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरे पनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले सडक बन्द गरिएको स्थानीयले जानकारी गराएका थिए ।