arrow

मोदी भन्छन् –भारत–रूस मित्रता ध्रुव तारा जस्तै अटल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
modi-25-12-5vvv.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र रूस बीचको मित्रता ध्रुव तारा जस्तै अटल रहेको बताएका छन् । भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मोदीले सो धारणा व्यक्त गरेका हुन् । 

उनले भने, ‘विगत आठ दशकमा, संसारले धेरै उतारचढाव देखेको छ। मानवताले असंख्य चुनौती र संकटहरूको सामना गरेको छ तर यी सबैको बीचमा, भारत–रूस मित्रता सधैं ध्रुव तारा जस्तै अटल र स्थिर रहेको छ।’

मोदीले अगाडि भने, ‘दुई देशहरू बीचको सम्बन्ध हरेक परीक्षामा टिकेको छ । दुवै देशले सन् २०३० सम्म आर्थिक सहयोगको लागि रणनीति बनाएका छन् ।’

यसअघि हैदराबाद हाउसमा रुसी राष्ट्रपति पुटिनसँगको भेटमा उनले रूस–युक्रेन मुद्धामा भारत तटस्थ नरहेको बताएका थिए । उनले भने, ‘भारत शान्तिको पक्षमा छ। विश्वलाई फेरि एक पटक शान्तिको आवश्यकता छ। शान्तिको लागि भारतले हरेक प्रयासलाई समर्थन गर्दछ।’

भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आज बिहान राष्ट्रपति भवनमा २१ तोपको सलामीका साथ स्वागत गरिएको थियो । 

त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि पुटिनले राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाटको भ्रमण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ