arrow

थप शक्तिशाली बन्दै नरेन्द्र मोदी, ३२ अन्तर्राष्ट्रिय ‘उच्च सम्मान’

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
narendra-modi-always-2024.jpg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै थप शक्तिशाली बन्दै गएका छन् । अन्य देशका चर्चित नेताहरू कुनै न कुनै विवादमा अल्झिरहँदा मोदी भने थप शक्तिशाली बन्दै गएका हुन् । 

उनले अहिलेसम्म ३२ अन्तर्राष्ट्रिय उच्च सम्मान प्राप्त गरिसकेका छन् । विश्वका कुनै पनि नेताले हासिल गरेको यो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय सम्मान हो ।
 
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि निरन्तर पकड जमाइरहेका मोदी विश्वकै सबैभन्दा चर्चित नेताको सूचीमा लामो समयदेखि शीर्ष स्थानमा रहँदै आएका छन् । 
     
उनले पहिलो चरणमा सन् २०१६ देखि २०२० सम्म साउदी अरेबिया, अफगानिस्तान, प्यालेस्टाइन, संयुक्त राष्ट्र संघ, दक्षिण कोरिया, माल्दिभ्स, यूएई, बहराइन, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन र अमेरिका गरी १० देश तथा उच्च संस्थाहरूले सम्मान गरेका थिए । 

दोस्रो चरणमा सन् २०२१ देखि २०२३ सम्म उनी पपुवा न्यूगिनी, फिजी, इजिप्ट, फ्रान्स र इजिप्ट गरी पाँच देशबाट उच्च सम्मानसहित सम्मानित भए । 

तेस्रो चरणमा सन् २०२४ मा उनले भुटान, रूस, गुयाना, डोमिनिका, नाइजेरिया र कुवेत गरी ६ देशबाट सर्वोच्च सम्मान पाए । 

चौथो चरणमा मोदीले सन् २०२५ र २०२६ को शुरूआतमा बार्बाडोस, मौरिसस, साइप्रस, घाना, ट्रिनिडाड एन्ड टोबागो, ब्रजिल, अर्जेन्टिना, नामिबिया र ओमान गरी ९ देशबाट सम्मानित भए । 

त्यस्तै पाँचौँ चरणमा सन् २०२६ को हालैको युरोप भ्रमणका क्रममा मोदी स्वीडेन र नर्वेबाट उच्च सम्मान हासिल गर्न सफल भएका छन् । 

यो उनलाई ती देशहरूले दिएको औपचारिक सम्मानमात्र होइन कि उनको प्रभाव पनि विश्व राजनीतिमा बढ्दै गएको छ भन्ने देखाएको छ । 

आन्तरिक रूपमा पनि मोदी बलियो बनिरहेको स्पष्टै देखिएको छ । उनी भारतभरसमेत थप सशक्त देखिएका छन् । 

उनी आबद्ध रहेको भारतीय जनता पार्टीलेसमेत पछिल्ला वर्षहरूमा अप्रत्याशित परिणाम हासिल गरेको छ । 

मोदीकै कारण भारतीय राजनीतिमा समेत कायापलट भएको छ । लोकसभामा भाजपाले फड्को मारेको छ । त्यस्तै भारतीय विभिन्न राज्यका चुनावमा पनि भाजपाले अप्रत्याशित नतिजा हासिल गर्दै आएको छ । 

भारतको बिहार र पश्चिम बंगालमा भाजपालाई जिताएर मोदीले आफूलाई अब्बल नेता सावित गरेका छन् । 

धेरैले भन्ने गर्छन् – मोदीको औरा अझै धेरै वर्ष चल्नेवाला छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ