arrow

मोदीले पुटिनसँग भने – हामी युक्रेन युद्धमा तटस्थ रहन सक्दैनौँ, हामी शान्ति चाहन्छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २० शनिबार
modi-putin-25-12-5-debate.jpg

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूस–युक्रेन युद्धमा भारत तटस्थ रहन नसक्ने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार हैदराबाद हाउसमा वार्ता गर्दै मोदीले भारत तटस्थ बस्न नसक्ने भन्दै आफूहरुले शान्ति चाहेको बताएका हुन् । 

प्रधानमन्त्री मोदीले भने, ‘विश्वलाई फेरि एक पटक शान्तिको आवश्यकता छ। भारतले शान्तिको लागि गरेको हरेक प्रयासलाई समर्थन गर्दछ।’

पुटिनले युक्रेनमा शान्तिको लागि प्रधानमन्त्री मोदीको प्रयासको लागि धन्यवाद दिँदै भने, ‘रूस पनि शान्तिको पक्षमा छ।’

पुटिन र मोदीबीच शुक्रबार दिउँसो हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई नेताहरू चाँडै २३ औं भारत–रूस शिखर सम्मेलनमा भाग लिनेछन्। शुक्रबार भारत र रूसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका रूसी राष्ट्रपति पुटिनलाई आज बिहान राष्ट्रपति भवनमा २१ तोपको सलामीका साथ स्वागत गरिएको थियो। 

त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यसपछि पुटिन राष्ट्रपिता महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ