काठमाडौँ। बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ, जुन बुधबारको रु दुई लाख ५४ हजार १०० भन्दा रु ८०० ले कम हो।
यस्तै, आज चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ, जुन बुधबारको रु तीन हजार ६५५ भन्दा रु ३० ले कम हो।