arrow

रुसी ग्यास आयातमा २०२७ सम्म पूर्ण प्रतिबन्ध लगाउन ईयू सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १८ बिहिबार
european-union-eu.jpg

काठमाडौँ। युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरू र युरोपेली संसदले बुधबार सन् २०२७ को शरद ऋतुसम्ममा रूसी ग्यासको सबै आयातमा प्रतिबन्ध लगाउने सम्झौतामा पुगेका छन्।

युरोपेली परिषद्को विज्ञप्तिअनुसार, यो सम्झौताले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) र पाइपलाइन ग्यासको आयातमा चरणबद्ध प्रतिबन्ध लगाउने निर्णय गरेको छ। एलएनजी आयातमा पूर्ण प्रतिबन्ध २०२६ को अन्त्यदेखि लागू हुनेछ भने पाइपलाइन ग्यास आयातमा २०२७ को अन्तिममा प्रतिबन्ध लागू हुनेछ।

यो कदमको मुख्य उद्देश्य रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु रहेको बताइएको छ। मिडिया रिपोर्टहरूका अनुसार रुसले अक्टोबरसम्म ईयू ग्यास आयातको १२ प्रतिशत हिस्सा ओगटेको थियो, जुन २०२२ मा ४५ प्रतिशत थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ