अल्पविकसित देशहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
705
Shares
काठमाडौँ। अल्पविकसित देशहरूको (एलडीसीएस) विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ।
अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन्।
दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा जोड दिए।
उनले कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्रहरू नेपालको आर्थिक रुपान्तरणका अपार सम्भावना भएका क्षेत्र हुन् भन्दै तिनमा लगानी गर्न अन्तरराष्ट्रिय समुदाय, नेपालको विकासका साझेदारहरूका साथै संयुक्त राष्ट्रसङ्घ एवं यसका विशिष्टिकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको बताए।