काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोसँग आफ्नो फोन सम्पर्क भएको पुष्टि गरेका छन्।
यद्यपि, 'द न्यूयोर्क टाइम्स' काअनुसार उनले कलको कुनै पनि विस्तृत विवरण भने खुलाउन अस्वीकार गरे।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो पछिल्लो सामाजिक सञ्जाल पोस्टबारे स्पष्टीकरण दिँदै भेनेजुएलाको हवाई क्षेत्र बन्द भएको मान्नुपर्छ भन्ने चेतावनी आसन्न हवाई आक्रमण हुने सङ्केत नभएको पनि बताए।
ट्रम्पले शनिबारको पोस्टमा भेनेजुएला माथि र वरपरको हवाई क्षेत्र पूर्ण रूपमा बन्द हुन चेतावनी दिएका थिए।