arrow

एसीसी यू–१९ प्रिमियर कप 

नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
acc-u19-premier-cup-champions-2025.jpg

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल आज भिड्दैछ।

उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ। नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो।

नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ। तेस्रो स्थानका लागि आजै मलेसिया र ओमान खेल्नेछन्, किनभने तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो र यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ