arrow

निर्वाचनका लागि एक सय २० दलको निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
election-commission1.jpg

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक सय २० दलले निवेदन दिएका छन् ।

यही मङ्सिर १ देखि १० गतेसम्म निवेदनको समय दिइएकामा पछि चार दिन समय थप गरिएको थियो । 

उक्त समय अर्थात् आइतबारसम्म एकल निर्वाचन चिह्नको प्रयोग गर्नेसमेत गरी एकसय २० राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

प्राप्त निवेदनलाई जाँचबुझ गरी यही मङ्सिर २० गतेभित्र आयोगबाट स्वीकृति दिइने कार्यतालिका छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ