arrow

सैपाल केन्द्रविन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
earthquake-final-------.jpg

बाजुरा । बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । 

छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर आइतबार मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । 

भूकम्पले धक्का बाजुरामा पनि पुगेको छ ।

पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । 

भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् ।

भूकम्पको धक्का महसूस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । 

विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ