arrow

एनआरएनएमा बृहत् एकता घोषणा: चार वर्षपछि टुंगियो विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
nrna-ekata.jpg

काठमाडौँ। विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता घोषणा गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो।

विभाजित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो। 

एकताका लागि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित भएका दुबैतिरका समितिलाई मान्यता दिने, १२औँ महाधिवेशन गर्नका लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, र सदस्यता वितरणका लागि समय थप गर्ने लगायतका सहमति भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ