arrow

सडकबाटै सरकारलाई ज्ञापनपत्र

भ्रष्टाचारका फाइल खोल्न र राष्ट्रिय कार्ययोजना लागू गर्न जेन–जीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
genz-pusta.jpg

काठमाडौँ । जेन–जी पुस्ताका युवाहरूको एक समूह जेन–जी २.० ले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रूप दिँदै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

उक्त समूहले शुक्रबार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारका काण्डहरूको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरूको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको छ। उनीहरूले भ्रष्टाचारसम्बन्धी सबै फाइल यथाशीघ्र खोल्न माग गरेका छन्।

जेन–जी २.० ले आन्दोलनका मागहरूलाई संस्थागत गर्न, स्वतन्त्र न्यायिक आयोग गठन गर्न, विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने कानूनी प्रक्रिया अगाडि बढाउन तथा बन्द अवस्थामा रहेका उद्योग र कलकारखानाहरू खोलेर रोजगार सिर्जना गर्ने लगायतका माग राखेको छ। उनीहरूले कृषिमा आत्मनिर्भरता तथा निर्यातमुखी बनाउन, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिविरुद्ध छानबिन गरेर सुधार गर्न तथा राष्ट्रिय एकताको सन्देश प्रवद्र्धन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ