नबिल बैङ्क भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
541
Shares
काठमाडौँ। नबिल बैङ्कले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्त्वपूर्ण विधामा अवार्ड जितेको छ। बैङ्कले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेबिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेको हो।
काठमाडौँस्थित मेरियट होटेलमा आयोजित एक कार्यक्रममा बैङ्कलाई ती अवार्ड प्रदान गरियो। विगतमा पनि उक्त विधामा नबिल बैङ्कको वर्चस्व रहँदै आएको छ।
अवार्ड ग्रहणपछि नबिल बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईँले उक्त उपलब्धिले आफूहरूलाई थप ऊर्जा प्रदान गरेको बताए। उनले उक्त उपलब्धको श्रेय बैङ्कका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए।
भिसा इन्टरनेशनल कार्र्डप्रदायक कम्पनी हो। भिसाले नेपालमा वार्षिक रूपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ। नेपालका बैङ्क तथा वित्तीय संस्था, फिनटेक, इ–कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ।
नबिल बैङ्क नेपालको एक अग्रणी बैङ्क हो। नबलिले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाका रूपमा काम गर्दै आएको छ।