arrow

किराखोर-नेप्टेचौर सडकखण्ड कालोपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
road-pitch-myagdi.jpg

म्याग्दी। बेनी-पाखापानी सडकअन्तर्गत किराखोर-नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । 

बेनी नगरपालिका वडा नं ९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । 

बेनी नगरपालिका-९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर-तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । 

वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् ।

यो सडक कालोपत्र गर्न रु १० करोड १६ लाख एक हजार ३ सय ६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ