हेटौँडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
799
Shares
काठमाडौँ। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा बिहीबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दिएको जानकारीअनुसार, पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना३८प ५८५० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोमको मृत्युु भएको हो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्युु भएको हो।
प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।