जेन-जी आन्दोलनपछि धेरै प्रोजेक्टमा बजेट रोक्का हुँदा प्रगति कम : कुलमान घिसिङ
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
913
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन-जी आन्दोलनका कारण धेरै प्रोजेक्टमा बजेट रोक्का लागेकाले प्रगति कम देखिएको बताएका छन् ।
सोमबार भएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यले मन्त्रीसँग प्रत्यक्ष छलफलमा उनले बजेट रोक्का भएपछि काम शुरू भएका योजना शुरू पनि अघि बढ्न नसकेको भन्दै खर्च कम देखिए पनि राम्रै प्रगती मान्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो जति पनि प्रगतिका कुरा आइरहेका छन् त्यसमध्ये दुईटा कुरा सधैँ प्रगतिमा आउने गर्छ । पहिलो त्रैमासिकमा प्रगति सधैँ कम नै हुन्छ । त्योमाथि यसपाली जेनजी आन्दोलनको कारणले धेरै प्रोजेक्ट शुरू रोक्का भएको छ । रोक्का भइसकेपछि टेन्डरमा जाँदैन् । काम नै शुरू भएको योजना शुरू पनि अघि बढ्ने कुरा भएन, बजेट नै रोक्का अघि बढ्ने कुरा भएन । यसले खर्च केही कम देखिएपनि राम्रै प्रगति भन्नुपर्छ । किनभने पहिलो त्रैमासिकमा रोक्का भएको बजेटलाई माइनस गरेर लिने हो भने प्रतिशत धेरै माथि जान्छ ।’
उनले शहरी विकासको ६१ अर्ब रोक्का भएको भन्दै त्यो घटाएर प्रतिशतमा हेर्ने हो भने २० प्रतिशतभन्दा बढी नै विकास भएको भन्दै रोक्काको कारणले बजेटमा अलिकति समस्या भएको बताए ।
राज्यका लागि सबैभन्दा बढी नाफा नै उर्जा क्षेत्रले गरेको भन्दै घाटा गरायो भन्ने जुन आक्षेप लगाएको छ त्यो सरासर गलत भएको पनि उनको भनाइ छ ।
उनले ठेकेदार शुरूले ठेक्का लिएर कामै नगर्ने प्रविधि तीन ओटै मन्त्रालयअन्तर्गत व्यापक रुपमा रहेको भन्दै उर्जा, सडक, सिंचाई र शहरी विकासअन्तर्गत काम नगर्ने अहिलेसम्म ४९ ओटा ठेक्का तोडिसकेको बताए ।
उनले भने, ‘धेरै परियोजना शुरूमा प्रोजेक्ट लिने तर ठेक्दार शुरूले बिलोमा लिने र कामै नगर्ने प्रवृत्ति व्यापक छ । तीन ओटै मन्त्रालयमा यस्तै प्रवृत्ति छ । त्यसैले जस जसले काम गर्दैन् त्यो सबै ठेक्का तोड्नुपर्छ भनेर ठेक्दारको कारणले ढिलो भएको प्राजेक्ट शुरू हामीले टर्मिनेसनमा लाने भनेर उर्जा, सडक, सिंचाई र शहरी विकासका करिब दुई सय ६९ ओटा प्रोजेक्टको ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढायौँ । अहिलेसम्म ४९ ओटा ठेक्का हामीले तोडिसकेका छौँ ।’