विश्वप्रकाशको प्रश्न - विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?[भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
956
Shares
काठमाडौँ । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् ।
सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै उनले इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेलाई राहत, उद्दार र पुनःस्थापनाको कामको गति अभिलम्व बढाउन माग गरे ।
उनले भने, ‘सरकार भनेको व्यक्ति होइन, संस्था हो । त्यसैले प्रधानमन्त्रीले अभिलम्ब पहल गरेर इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेलाई राहत दिन उद्दार पुनःस्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामीले सबैले ऐक्यवद्धता जनाउँछौँ तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ । इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु । इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’
उनले सरकार चाहे जसको भएता पनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।