मंसिर १२ गते माईतीघरमा जेन–जीको कार्यक्रम, उपस्थितिका लागि मन्त्रीलाई निम्तो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
1k
Shares
काठमाडौँ। जेन-जी राष्ट्रिय अभियानले शहीदहरूको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानले आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको छ।
अभियानका प्रतिनिधिहरूले सरकारसमक्ष हालका राष्ट्रिय शैक्षिक, स्वास्थ्य, ऊर्जा र युवासम्बन्धी मुद्दाहरू तत्काल सम्बोधन गर्न पनि माग गरेका छन्। उनीहरूको ठहर छ कि कार्यक्रममा सरकारका प्रतिनिधिहरूको उपस्थितिले युवाहरूको मनोबल बढाउने र शहीदको सपनामा सरकारको प्रतिवद्धता झल्काउनेछ। अभियानले सरकारका सबै मन्त्रीहरूलाई कार्यक्रममा बोलाउने जनाएको छ।
अभियानले ‘२३ गतेको घटनाका दोषीहरूलाई कारबाही हुनुपर्ने’ माग गरेको छ। उनीहरूले २३ गतेका अपराधीहरूलाई समातेपछि मात्रै २४ गतेको आगजनी, तोडफोड गर्नेहरूलाई समात्न आग्रह गरेका छन्। जेन-जी नै अहिलेको सरकारको 'पर्खाल' भएको उनीहरूको दाबी छ।