चितवन। चितवनमा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका नगरपालिका–११ सिद्धि कल्याण चौरस्थित भित्री सडकमा गए राति १०:३० बजे दुर्घटना भएको हो। सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेको उपचारका लागि भरतपुर अस्पतालमा पुऱ्याउँदा राति नै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी खनालले जानकारी दिए। बलेरोमा चालक न्यौपाने मात्र सवार रहेको जनाइएको छ।