arrow

कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
Mahakali nahar new.jpg

कञ्चनपुर । दोधारा-चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ।

महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले रु आठ करोड नौ लाखको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ ।

आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा-चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए ।

“ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । यही गतिमा काम भएमा डेढ/दुई महिनाभित्र पानी सञ्चालन हुने अवस्थामा पुग्छौँ”, उनले भने, “यसबाट दोधारा-चाँदनीमा २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।”

विसं २०७९ मङ्सिरमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५६ दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा-चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदै आएको छ ।

सबै ठाउँमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् । किसानले प्रतिघण्टा २०० रुपैयाँ तिरेर मोटरबाट सिँचाइ गर्दै आएका स्थानीय सीता सुनारले बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ