arrow

धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
dhan-morang.jpg

चितवन । चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन् । बाग्मती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ ।

प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार चार सय ६३ र मध्यमको तीन हजार ५ सय २८ प्रतिक्विन्टल तोकेको भए पनि यहाँका किसानले निर्धारित मूल्यअनुसार धान बिक्री नभएको बताएका छन् ।

माडी नगरपालिका वडा नं ३ का किसान ओमप्रकाश महतो अहिले आफूहरुले प्रतिक्विन्टल मोटा धान दुई हजार छ सय र मध्यम धानको तीन हजार एक सयमा बिक्री गर्नुपरेको गुनासो गरे ।

भरतपुर महानगरपालिका वडा नं ९ शरदपुरका किसान वेदप्रकाश सापकोटा व्यवसायीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।

आफ्नो गोदाम नहुँदा किसानले व्यापारीले भनेको मूल्यमा धानम बेच्नु परेको गुनासो सुनाउँदै भने, “मोटा धान तीन हजार र मध्यम धान तीन हजार ४०० मा बिक्री गर्नुपर्ने बाध्यता छ ।”

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेल पनि किसानले समर्थन मूल्य नपाएका बताउँछन् । राज्यले तोकेको मूल्यमा व्यवसायीले धान खरिद गर्नुपर्नेमा उनी जोड दिनछन् ।

चितवनमा २७ हजार ३२४ हेक्टरमा बर्खे धानखेती गरिएकामा एक लाख ३५ हजार ७२५ मेट्रिक टन उत्पादन भएको छ ।

बेमौसमी वर्षाका कारण १४९ मेट्रिक टन धानमा क्षति भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ