arrow

एमसीसी परियोजनामा नेपाललाई थप सात अर्ब अनुदान

कुल सहायता  एक खर्ब ६ अर्ब पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
mca-nepal.jpg

काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) अनुदान थप गर्ने भएको छ।

यो थप अनुदानसँगै परियोजनाअन्तर्गत उपलब्ध कुल सहायता ७४ करोड ७० लाख अमेरिकी डलर (लगभग १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ।

सम्झौताअनुसार अमेरिकाबाट कुल ५५ करोड डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर निवेश हुनेछ। एमसीसीले उपलब्ध गराएको यो अतिरिक्त सहयोगले नेपालका प्राथमिकताप्राप्त प्रसारण लाइन तथा ऊर्जा पूर्वाधार परियोजनाहरूलाई पूर्णता दिन महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसले ऊर्जा ग्रिडको सुदृढीकरण, उत्पादन–प्रसारण–व्यापार श्रृंखलामा विश्वसनीयता बढाउने र क्षेत्रीय ऊर्जा व्यापारलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

यो अनुदानले नेपाललाई अन्तर्राष्ट्रिय ऊर्जा कनेक्टिभिटीमा थप मजबुत बनाउने, बजार पहुँच सुधार गर्ने र ऊर्जा पूर्वाधार निर्माणमा अमेरिकी उत्कृष्टता तथा प्रविधिको उपयोग बढाउने उल्लेख गरिएको छ। अमेरिकी दूतावासले यो सहायतालाई नेपाल–अमेरिका सम्बन्धको दीर्घकालीन साझेदारी र पारस्परिक समृद्धिको साझा प्रतिबद्धताको प्रतीक का रूपमा अथ्र्याएको छ। दूतावासले जारी गरेको स्टेटमेन्टमा भनिएको छ, "एमसीसी नेपाल सम्झौताले उच्च प्रभावयुक्त पूर्वाधारमा केन्द्रित, ऋणरहित र अनुदानमा आधारित सहायतामार्फत उक्त इतिहासलाई निरन्तरता दिएको छ।"

यद्यपि, एमसीसी नेपालमा लागू भएको दुई वर्ष बित्न लाग्दा प्रभावकारी रूपमा काम भने हुन सकेको छैन। दुवैतर्फबाट खर्च गर्ने भनेर छुट्याइएका बजेटहरू न्यून खर्च भइरहेका छन्, जसले परियोजनाहरू समयमै सकिनेमा आशङ्का उब्जाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ