प्रधानमन्त्री कार्कीले बोलाइन् दलहरुलाई, सरकारका प्राथमिकताबारे छलफल गर्दै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
757
Shares
फाइल तस्बिर
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै छिन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ आफूलाई केन्द्रित गरेको छ ।
विज्ञहरुले दलहरुसँग नजिक रहेर काम गर्न प्रधानमन्त्रीलाई सुझाव दिएसँगै प्रधानमन्त्रीले दलहरुलाई छलफलमा बोलाएकी हुन् । उनले चुनाव र सरकारका प्राथमिकताका बारेमा जानकारी गराउने छिन् ।
गत मंसिर १ गतेदेखि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता भइरहेको छ ।
सरकार चुनावमा भन्दा अन्यत्र केन्द्रित भएको भनी आलोचना भइरहँदा प्रधानमन्त्री कार्कीले दलहरुलाई वार्तामा बोलाएकी हुन् ।