सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि: कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब पुग्ने अनुमान
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
725
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदन अनुसार, उक्त प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३.२८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ।
प्रतिवेदनले प्रदेशले देशको कूल गार्हस्थ्य उत्पादनमा ७.०३ प्रतिशत योगदान पुऱ्याउने प्रारम्भिक अनुमान गरेको छ। प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा ३४.७२ प्रतिशत योगदानका साथ कृषि, वन तथा मत्स्यपालन क्षेत्र अग्रस्थानमा रहने र प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान सबैभन्दा कम ०.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। यो क्रम आव २०८०/८१ मा पनि कायम थियो। आधारभूत मूल्यमा प्रदेशको प्राथमिक
समीक्षा वर्षमा प्रमुख कृषिबालीले ढाकेको भू-क्षेत्र २.१६ प्रतिशतले वृद्धि भएको र यस्ता बालीको उत्पादन २.७७ प्रतिशतले बढेको छ। तेलहन र आलुको उत्पादनमा क्रमशः १८.८९ प्रतिशत र १६.११ प्रतिशत ले उल्लेख्य वृद्धि आए पनि फापरको उत्पादनमा भने ७७.८८ प्रतिशतले ह्रास आएको छ। पशुजन्य उत्पादनतर्फ माछा उत्पादन १०.३६%, मासु ०.७९%, ऊन ३.२७% र अण्डा १.७६% ले बढेको छ।
प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जामध्ये १०.१४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ। तर, २०८२ असार मसान्तसम्ममा कृषिमा प्रवाहित कर्जा अघिल्लो वर्षको तुलनामा ३.४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ। यसको विपरीत, उद्योग क्षेत्रमा प्रवाह भएको कर्जा ४.३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ, जुन कूल कर्जाको १६.९७ प्रतिशत हिस्सा हो। समष्टिगत मागमा आएको गिरावटले उद्योगको औसत क्षमता उपयोग ३४.४७ प्रतिशत मात्रै रहेको देखिन्छ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप १६.३० प्रतिशतले बढेको छ भने कर्जा प्रवाह २.९८ प्रतिशतले वृद्धि भएको छ। कूल कर्जाको सबैभन्दा ठूलो हिस्सा ७२.८८ प्रतिशत सेवा क्षेत्रमा प्रवाहित भएको छ। सरकारी खर्चतर्फ सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ७५.६६ प्रतिशत र पुँजीगत खर्चतर्फ ६६.४७ प्रतिशत खर्च भएको छ।