arrow

हिमानीले गरिन् बंगलामुखी र कुम्भेश्वर मन्दिरको दर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २९ शनिबार
himaniss.jpg

काठमाडौँ। पूर्वयुवराज्ञी हिमानी शाहले शनिवार बिहान ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिर र कुम्भेश्वर मन्दिरको दर्शन गरेकी छन्। उनले दुवै मन्दिरमा पूजापाठ गर्नुका साथै पाटन दरबार क्षेत्रको अवलोकन समेत गरिन्। बंगलामुखीको दर्शन गर्दा मनोकांक्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ।

पूर्वयुवराज्ञी शाहले यसअघि पनि देशभरका विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा नियमित रूपमा पूजाआराधना गर्दै आएकी छन्। उनी हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आम नागरिकलाई सहयोग पुर्‍याउँदै आएकी छन्। 

ट्रस्टले हालसम्म हजारौं विपन्न परिवारलाई राहत वितरण गरेको छ भने महिला सशक्तीकरण र बालबालिका शिक्षा कार्यक्रममा विशेष जोड दिएको छ। पूर्वयुवराज्ञी शाह अहिले पनि सामाजिक कार्यमा सक्रिय रहेकी छन् र उनको यो भ्रमणले धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रोत्साहन दिने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ