मतदाता नामावली दर्ताको म्याद थप्न प्रधानमन्त्री कार्कीको आग्रह, आयोग सकारात्मक
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
839
Shares
काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलन प्रक्रियाको म्याद थप गर्न आग्रह गरेकी छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र उच्च चापलाई ध्यानमा राखेर म्याद थपका लागि आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस विषयमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी प्रधानमन्त्रीलाई दिएका छन्।
राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ।
यसैबीच, प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन्। भण्डारीले सो समस्या पनि समाधान गर्दै अघि बढिरहेको जानकारी दिए।