arrow

सुरक्षा व्यवस्था चुस्त बनाउनू : गृहमन्त्री अर्याल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
aryal-27-07.jpg

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आशन्न प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्रीले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिएका हुन् ।

त्यसक्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रही आफू र आफ्नो सङ्गठन सधैँ शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेट गरेका छन् । भेटमा घाइतेहरूले उपचारको प्रबन्ध र जेन-जीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ