arrow

कटहरीमा सारिँदै कोशी प्रदेश सभा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
Koshi Pradesh.jpg

मोरङ । कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका वडा नं १ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम शुरू गरिएको छ ।

सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए ।

उनले भने, “सर्वदलीय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघा क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ ।”

उनका अनुसार जग्गा धनीपूर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ