arrow

संसदीय समितिले गर्‍यो अध्यागमन विभाग अवलोकन 

विदेशीको निगरानी गर्न क्षमता नभएको महानिर्देशकको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
adhyagaman-bibhag-immigration.jpg

काठमाडौँ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बिहीबार अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ।

विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले समिति सदस्यहरूलाई अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे जानकारी गराए।

महानिर्देशक तिवारीले विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिए पनि नेपालमा रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको बताए। उनले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनैपनि निकायमा छलफलको विषय नभएको समेत बताए।

उनले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाइ गर्ने तर विदेशी नागरिक जस्तो भए पनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताए।

अन्तमा, महानिर्देशक तिवारीले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउनेगरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ