छैन मौसम प्रणालीको उल्लेखनीय प्रभाव, पहाडी भागमा आंशिक बदली
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २७ बिहिबार
781
Shares
काठमाडौँ। हाल देशभर कुनै पनि मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी देशका भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।