arrow

जीप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २६ बुधबार
accident-final.jpg

चितवन । इच्छाकामना गाउँपालिका वडा नं २ हपनीमा मङ्गलबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार फिस्लिङबाट हपनीतर्फ गइरहेको जीप दुर्घटनामा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् ।

घाइते दुवैको भरतपुर अस्पतालमा उपचार जारी छ ।

जीपमा चालकसहित चार जना सवार थिए ।

जीप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ