arrow

एमालेद्वारा ७५३ वटै पालिकामा प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
uml-flag.png

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आज मुलुकका ७५३ वटै पालिकाहरूमा जनप्रदर्शनका कार्यक्रमहरू सञ्चालन गरेको छ।

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र लोकतन्त्रको रक्षार्थ बिहानैदेखि सबै पालिकास्तरमा स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा प्रदर्शन र र्‍यालीको आयोजना गरी कोणसभा गर्ने कार्यक्रम रहेको बताए।

उनका अनुसार, एमालेले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। यसअन्तर्गत यही कात्तिक २२ गते देशका छ हजार ७४३ वटै वडामा वडा भेला सम्पन्न भइसकेका छन्। अब आगामी कात्तिक २९ गते जिल्लास्तरमा र मङ्सिर ६ गते काठमाडौँमा बृहत् जनप्रदर्शन गर्ने तयारी रहेको पनि गौतमले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ