काठमाडौं। सरकारले मधेस प्रदेशका प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
यसअघि, मधेस प्रदेश प्रमुख सावित्रा सुवेदी भण्डारी लाई पदमुक्त गरिएको थियो। भण्डारीले सोमबार बिहान एमाले नेता सरोजकुमार यादवलाई महोत्तरीको एक होटलमा मुख्यमन्त्रीको शपथ खुवाएपछि उनको कार्यशैलीको व्यापक आलोचना भएको थियो र लगत्तै उनलाई पदमुक्त गरिएको थियो।