कोशी र गण्डकीको पहाडी भू-भागमा आंशिक बदली, बाँकीमा मौसम सफा
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
819
Shares
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ।
मङ्गलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मङ्गलबार राती पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।