arrow

चैनपुर चोकमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
accident-final.jpg

चितवन । चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा दुर्घटनामा राप्ती नगरपालिका वडा नं ७ का १९ वर्षीय श्रीराम कंडेल र राप्ती नगरपालिका वडा नं ५ की २० वर्षीया बिमला तामाङ छन् । 

दुर्घटनमा गम्भीर घाइते भएका भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

गएराति करिब १२ बजे खैरहनी नगरपालिका वडा नं ८ चैनपुर चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश-०३-००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश-०६-००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । 

कन्टेनर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ