arrow

सर्पको डसाइबाट महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
snake-bite-hoapital-janakpur.jpg

झापा । सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादह नगरपालिका-६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो ।

त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा मोरङ लगिएकामा चिकित्सकले राति ११ः४५ बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

गर्मीसँगै वर्षात्का समयमा सर्प डसाइको प्रकोप हुने गरेको भए पनि हिउँदका समयमा सर्प डसाइको घटना हुँदै आएको केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बताए ।

केन्द्रमा चालु आर्थिक वर्षको चार महिनामा तीन सय ७० जनाले उपचार सेवा पाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ