arrow

सिमेन्ट बोकेर जाँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
Accident-sign.jpg

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार, मस्र्याङ्दी गाउँपालिका–३ खुदीबाट सोही पालिका–६ नाइचेस्थित हिडिखोला हाइड्रोपावरका लागि सिमेन्ट बोकेर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो। अनियन्त्रित जिप सडकबाट करिब ८०० मिटर तल खसेको थियो।

दुर्घटनामा जिप चालक दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूलाई प्रहरीले उद्धार गरी बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारका लागि ल्याएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ