arrow

जीप दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
accident-final.jpg

पोखरा । बागलुङमा शुक्रबार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं ७ का २३ वर्षीय राजेन्द्र अदै छन् ।

दुर्घटनामा घाइते भएका चार जनाको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रहरीका अनुसार बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग३ज ३८१९ नम्बरको जीप ढोरपाटन नगरपालिका वडा नं ८ र ९ को सिमाना च्वावीरमा दुर्घटना भएको हो । जीप सडकबाट भूजीखोलामा खसेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ