arrow

सातापछि सर्यौ कैफियत

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
kaifiyat.png.png
काठमाडौं । आगामी माघ १५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘कैफियत’ले रिलिज मितिलाई एक हप्ता पछि सार्दै माघ २२ बाट प्रदर्शनमा आउने भएको छ ।

फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो । 

फिल्मका निर्देशक दशरथ गिरीले केही प्राविधिक कारणले फिल्मको रिलिज मिति सारिएको बताए भने निर्माता चिन्तामणि बरालले फिल्मको प्रमोसनको कामलाई पनि ध्यानमा राखेर रिलिज मिति सारिएको बताए । 

फिल्ममा नन्दिता केसी, शंकर शाही ठकुरी, किसन सुनुवार, शुभद्रा अधिकारी, दीपक क्षेत्री र सजना थापालगायतको अभिनय रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ