arrow

नेपालको विपद् जोखिम न्यूनीकरणमा एडीबी, विश्व बैंक र एसडीसीको त्रिपक्षीय सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
adb-nepal.jpg

काठमाडौँ। नेपालको विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकास का लागि एसियाली विकास बैंक (एडीबी), विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ (आईडीए), र स्वीस विकास सहयोग (एसडीसी) ले सहयोग गर्ने भएका छन्।

यी तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधवार हस्ताक्षर गरेका छन्। यहाँस्थित विश्व बैंकको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा यो जानकारी दिइएको हो।

त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्याङ्कन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले यो सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ