arrow

साना व्यवसायीलाई विश्व बैंकको ठूलो राहत: साढे नौ करोड डलरको परियोजना स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २० मंगलबार
world-bank.jpg

काठमाडौँ  । विश्व बैंकले नेपालका साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच बढाउन र रोजगारी सिर्जना गर्न करिब नौ करोड ५० लाख अमेरिकी डलर बराबरको नयाँ परियोजना स्वीकृत गरेको छ। 

वासिङटन डिसीस्थित बैंकको प्रधान कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यस परियोजनाबाट नेपालका एक लाखभन्दा बढी साना व्यवसायीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यस कार्यक्रमले विशेष गरी महिलाहरूले सञ्चालन गरेका व्यवसायलाई अघि बढाउन निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।

विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले यस परियोजनामार्फत वित्तीय क्षेत्रमा रहेका अवरोधहरू हटाएर समावेशिता विस्तार गरिने बताएका छन्। उनले साना तथा मझौला उद्योगहरूलाई क्षेत्रीय र विश्वव्यापी बजारसँग जोड्न यसले मद्दत पुर्याउने र निजी क्षेत्रको नेतृत्वमा नयाँ रोजगारीका अवसरहरू सिर्जना हुने विश्वास व्यक्त गरे। यो परियोजनाले साना लगानीकर्ताहरूलाई ढुक्कसँग व्यवसाय विस्तार गर्न र वित्तीय सुरक्षा महसुस गराउन महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरेका छन्।

'दिगो तथा समावेशी वित्त परियोजना' (एसआईएफ) नाम दिइएको यो कार्यक्रम सन् २०२४ मा सम्पन्न वित्तीय क्षेत्र सुधारका कार्यहरूको निरन्तरता हो। विश्व बैंकले नेपालको आर्थिक वृद्धिका लागि यसअघि पनि विभिन्न नीतिगत कर्जा शृङ्खलाहरू मार्फत सहयोग गर्दै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ