arrow

अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकारी शटडाउन, हवाई सेवामा अराजकताको खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
us-federal.jpg

काठमाडौँ । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन आज पूरा भएको छ। कङ्ग्रेसले गत सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न नसक्दा सरकारी कोष रोकिएको यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ, जसले लाखौँ सङ्घीय कर्मचारी र सर्वसाधारणको दैनिकीमा गम्भीर असर पारेको छ ।

हाल १४ लाखभन्दा बढी सङ्घीय कर्मचारीहरू, जसमा एयर ट्राफिक कन्ट्रोलर र राष्ट्रिय पार्कका वार्डनसमेत पर्छन्, तलब बिना काम गरिरहेका छन् वा जबरजस्ती बिदामा बस्न बाध्य भएका छन्। सरकारी कार्यक्रम ठप्प हुँदा लाखौँ अमेरिकीलाई अत्यावश्यक खाद्यान्न र सहायता पाउन कठिनाइ भइरहेको छ।

मध्यरातमा रेकर्ड तोडिनुअघि नै ट्रम्प प्रशासनले आगामी सात दिनभित्र हवाई सेवा पूर्ण रूपमा अव्यवस्थित हुन सक्ने चेतावनी दिएको छ। यातायातमन्त्री सीन डफीले यदि डेमोक्रेटहरूले अहिले समाधान नखोजेमा एक हप्ताभित्र देशव्यापी हवाई अराजकता देखिने र आवश्यक सङ्ख्यामा नियन्त्रक नभए हवाई क्षेत्रका केही भागहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अमेरिकी अटोमोबाइल एसोसिएसन (एएए) का अनुसार थ्याङ्क्सगिभिङमा ५८ लाख नागरिकले हवाई यात्रा गर्ने अनुमान छ, तर ६० हजारभन्दा बढी हवाई यातायात नियन्त्रक तलब बिना काममा खटिँदा सेवा प्रभावित हुने जोखिम बढेको छ।

शटडाउनको मूल कारण स्वास्थ्य सेवासम्बन्धी खर्च हो। डेमोक्रेटहरू लाखौँ अमेरिकीका लागि स्वास्थ्य बीमामा दिइँदै आएको अनुदानको म्याद सकिएपछि मात्र बजेटमा सहमति जनाउने अडानमा छन्। तर रिपब्लिकनहरू स्वास्थ्य विषयलाई पछि सम्बोधन गर्ने शर्तमा अहिले नै सरकारी कार्य पुनः सुरु गर्न दबाब दिइरहेका छन्।

राष्ट्रपति ट्रम्प भने अझै अडिग देखिन्छ न्। उनले सिबिएस न्युजसँगको अन्तर्वार्तामा 'जबरजस्ती स्वीकार गर्ने पक्षमा नरहेको' बताएका छन् । यद्यपि, दुई पार्टीका चार प्रतिनिधिले स्वास्थ्य बीमा लागत घटाउने उद्देश्यसहित सोमबार एउटा प्रारम्भिक समझदारी ढाँचा सार्वजनिक गरेका छन्, जसले समाधानको सङ्केत दिएको छ।

यसैबीच, ट्रम्प प्रशासनले सङ्घीय कामदारहरूलाई तलब नदिने र 'सप्लिमेन्टल न्युट्रिशन असिस्टेन्स प्रोग्राम' (एसएनएपी) अन्तर्गत चार करोड २० लाख अमेरिकीलाई किराना किन्न सहयोग गर्ने कोष रोक्ने धम्की दोहोर्‍याए पनि ह्वाइट हाउसले कानूनी दायित्व पूरा गर्ने प्रयास भइरहेको स्पष्टीकरण दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ