भदौ अन्तिम साताको विध्वंसलाई महिमामण्डन गर्न नहुने ज्ञवालीको रटान
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
863
Shares
ललितपुर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता भएको हिंसा र विध्वंसलाई परिवर्तनको नाममा महिमामण्डन गर्न नहुने भन्दै आफ्नो धारणा दोहोर्याएका छन्।
बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेन-जी युवाहरूले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको कारण भदौ २३ गतेको हिंसा र २४ गतेको 'देश दोहन' हुन पुगेको बताए। ज्ञवालीले यस्ता हिंसा र विध्वंसलाई आन्दोलन वा परिवर्तनको प्रतीक ठान्नु बिल्कुलै गलत भएको धारणा राखेका छन्।
उनले नेपालमा हिंसा र विध्वंस एउटा नियमित आकस्मिकता जस्तो भएको भन्दै यसलाई सामान्यीकरण गर्न नहुनेमा जोड दिए।