arrow

ग्राहकहरूले अब “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना कार्तिक २७ सम्म लाभ उठाउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
sripradi-tata-grand-revel-nov-2025.jpg

काठमाडौँ। सिप्रदी अटोपार्ट्स प्रालिद्वारा सञ्चालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर १३) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्।

यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम अब आगामी कार्तिक २८ (नोभेम्बर १४) मा गरिने भएको छ।

यसअघि कार्तिक २१ (नोभेम्बर ७) गते लक्की ड्र रिभिल गर्ने जानकारी भए पनि, ग्राहकहरूलाई अझ बढी सहभागी हुन अवसर उपलब्ध गराउने उद्देश्यले रिभिल मिति सारिएको कम्पनीले जनाएको छ।

लक्की ड्रबाट विजेताहरूको नाम घोषणा सिप्रदी अटोपार्ट्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारणद्वारा गरिनेछ।

प्रत्येक सहभागी ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन्।

  • बम्पर उपहार: बजाज पल्सर १५०सिसी मोटरसाइकल
  • दोस्रो प्रमुख उपहार: टिभीएस एनटर्क १२५ स्कुटर
  • अन्य आकर्षक उपहारहरू: स्मार्ट टिभी तथा स्मार्टफोन

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी सञ्चालन गरिएको यस अफरले नेपालभरका टाटा सवारीसाधन प्रयोगकर्ताहरूबाट उच्च उत्साह र सकारात्मक प्रतिक्रिया पाउँदै आएको कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरूलाई कार्तिक २७ (नोभेम्बर १३) भित्रै टाटा जेन्युइन पार्ट्स खरिद गरी अफरमा सहभागी हुन आग्रह गरेको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स उच्च गुणस्तरीय, पूर्ण रूपमा टाटाद्वारा प्रमाणित तथा सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायत महत्त्वपूर्ण कम्पोनेन्टहरूको आयु वृद्धि गर्दै गाडीको प्रदर्शनलाई अझ सुदृढ बनाउने विशेष गुणले सम्पन्न छन्। यसैले टाटा जेन्युइन पार्ट्स नेपालभर व्यावसायिक तथा निजी दुवै प्रकारका सवारी प्रयोगकर्ताहरूको पहिलो विश्वासको प्रतीक बनेको कम्पनीको भनाइ छ।

नेपालमा टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले सदैव सक्कली पार्ट्स तथा गुणस्तरीय बिक्रीपछिको सेवामार्फत ग्राहकहरूको विश्वासलाई निरन्तरता दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ